काठमाडौं । विप्लव समुहले हत्या गरेका सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई तत्काल खोजी गरी कारवाही गर्न नेपाल विद्यार्थी सङ्घले माग गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले विहीबार एक विज्ञप्ति जारी गरी प्रधानाध्यापक श्रेष्ठका हत्यामा संलग्नलाई तत्काल खोजी गरी कडा कारवाही गर्न माग गरे । नेविसङ्घले विप्लब समूहलाई हिंसात्मक राजनीतिको बाटो परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत आग्रह गरेको छ ।




