राजनीति

विवेकशील र साझाले भोलि एकताको घोषणा गर्ने

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच भोलि एकता घोषणा हुने भएको छ ।


दुवै पार्टीबीच पुन एकीकरण हुने सहमति भएपछि भोलि एकीकरणको घोषणा हुन लागेको दुवै पार्टीले जानकारी गराएका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी हुने भएको छ ।दुवै दलले विगतका त्रुटी र कमजोरीबाट पाठ सिक्ने र त्यसबाट चोट परेका शुभेच्छुकसँग क्षमायाचना गर्ने बताउदै सुसंस्कृत पार्टी निर्माणको यात्रामा दरिलो पाइला चाल्ने बताएका छन् ।

यस अघि २०७४ साउन ११ गते एक भएका विवेकशील र साझा २०७५ को पुसमा अलग अलग भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *