काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले यहिं मंसिर २९ गते कम्युनिस्ट सरकारविरुद्ध नेपाली कांग्रेसले गर्न लागेको विरोध प्रदर्शनमा व्यापक सहभागिता जुटाउन मातहतलाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिएका हुन् ।
‘वर्तमान कम्युनिष्टको ओली सरकारको अधिनायकवादी चिन्तन र चरित्रका कारण देश र जनताले भोग्नु परेको प्रसव पीडाको साथै तनहुँ जिल्लामा गत १७ गते सरकारले देखाएको दमनकारी व्यवहार लगायत देशको विभिन्न भागमा पटक–पटक सरकारबाट प्रस्तुत विभेद भएको छ’, परिपत्रमा भनिएको छ ।





