राजनीति

नारायणकाजी श्रेष्ठ भन्छन्, आजै सचिवालय बैठक बस्छ

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्धारित समय बुधबार दिउँसो १ बजे सचिवालय बैठक बस्न नसक्ने जनाएका छन् । प्रधानमन्त्री केपी ओलीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयको अपरान्ह १ बजे निर्धारित बैठक निर्धारित समयमा नहुने उनको भनाइ छ ।

तर, बुधबार नै सचिवालय बैठक बस्ने उनले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी मंगलबार नै दिइसकेका छन् । उनले बैठक बस्नुको कुनै तात्पर्य नभएको पनि दाबी गरेका छन् । ओलीको सोही अभिव्यक्तिका कारण नेकपा सचिवालय बैठक अन्योलमा परेको हो ।

अहिले प्रधानमन्त्री ओली आफू निकट नेताहरुसँग बालुवाटारमा परामर्शमा जुटेका छन् । केही नेतासँग भने फोनमै कुराकानी गर्न थालेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, माधव नेपाल समूह भने आजै सचिवालय बैठक बसेर ठोस निर्णय गर्नुपर्ने तयारीमा जुटेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *