राजनीति

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्छ : मातृका यादव

काठमाडौं। नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । पार्टी बैठकमा नेताहरुलाई बोल्न नदिएर हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउँदै यादवले ओलीले शारीरिक र मानसिक सन्तुलन गुमाइसकेको टिप्पणी गरेका छन् ।

मंगलबार राति प्राइम टाइम्स टेलिभिजनबाट पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले आफूहरुसँग नमिलेको भए केपी ओली नेतृत्वको सरकार बन्नै नसक्ने बताए ।

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आधा आधा गर्ने सहमति भएको, तर स्थायित्वका लागि प्रचण्डले आलोपालो सरकारको नेतृत्व छाडेको उनको भनाइ थियो ।
ओलीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहे दुवै पदबाट तत्काल राजीनामा दिनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *