राजनीति

प्रचण्ड गुटगत हिसाबले मात्र चलेको शंकर पोखरेलको आरोप

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित देखिएका छन् । पार्टी सचिवालय बैठक बस्नुअघि मंगलबार बिहान पोखरेलले प्रचण्डलाई गुटगत हिसावले मात्र चलेको गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता पोखरेलले पार्टीमा देखिएको समस्यामा एकजना अध्यक्षलाई मात्र जिम्मेबार देखाएर राजीनामा माग्नु गुटगत मानसिकताबाट ग्रसित मानसिकता भएको जनाएका हुन् । पोखरेल प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली निकट नेता हुन् । उनले प्रचण्डलाई पार्टी एकता विरोधी कार्य पनि भनेका छन् ।

‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेबार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी मानसिकता हो,’ उनले लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *