काठमाडौं । मंसिर १६ गते १ बजे बस्नेगरी नेकपा सचिवालय बैठक सकिएकाे छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै प्रस्तावमाथि अध्ययन गरेर मंसिर १६ गते पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने जानकारी दिए ।




