राजनीति

सहमहामन्त्रीको नियुक्ति पत्र बुझेलगत्तै चाक्सिबारी पुगे सुनिल थापा

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहलाई भेटेका छन् । बिहीबार बिहान चाक्सिबारीस्थित सिंहको निवासमा पुगेर थापाले भेटवार्ता गरेका हुन् ।

थापालगायत राप्रपाबाट कांग्रेस प्रवेश गर्ने नेताहरूलाई बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले नियुक्ति पत्र दिएका थिए । राप्रपाबाट कांग्रेस प्रवेश गरेर महत्वपूर्ण जिम्मेवारी पाएका नेताहरूलाई नेता सिंहले बधाई तथा शुभकामना दिएका थिए । दुवै नेताबीच आसन्न १४औं महाधिवेशनका विषयमा पनि कुराकानी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *