राजनीति

राप्रपाबाट प्रवेश गर्ने सुनिल थापासहितलाई देउवाले दिए कांग्रेस सदस्यता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाबाट कांग्रेस प्रवेश गर्नेलाई पार्टीको सदस्यता दिएका छन् । बुधबार आफ्नो निवास बुढानिलकण्ठमा आयोजित विशेष कार्यक्रममा देउवाले उनीहरूलाई पार्टीको सदस्यता दिएका हुन् ।

केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले राप्रपाबाट आएका सुनिलबहादुर थापालाई सहमहामन्त्री र अन्य नौजनालाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहमहामन्त्री थापा र अन्य केन्द्रीय सदस्यले कांग्रेसको सदस्यता लिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *