राजनीति

काँग्रेस विपक्षीकै भूमिकामा बस्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस संसद्‌मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् ।

सत्य साई बाबाको ९५औं अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै उनले जनताले अहिले कांग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् ।

“प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, कांग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उनले भने । नेकपाभित्रको झगडामा कांग्रेसको कुनै सरोकार नरहने उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले संघीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *