राजनीति

सचिवालयका सबैजनाले राजीनामा दिनुपर्ने प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिव डेढ घण्टा बसेको बैठक १० दिनपछि बस्ने गरी स्थगित भएको हो ।

बैठकमा महासचिव विष्णु पौडेलले पार्टीका कार्यकर्ता र जनभावना अनुसार काम गर्न नसकेको भन्दै सचिवालयका सबैजनाले राजीनामा दिनुपर्ने प्रस्ताव राख्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजेपछि करिव पौने दुई घण्टा बसेको सचिवालय बैठक पुनः बस्ने गरी सकिएको हो । ‘पार्टी एकिकरण के का लागि भएको हो ? हामी कसरी चल्नुपर्ने थियो ? आज हामी के विषयमा छलफल गर्दैछौं ?, प्रश्न उठाउँदै महासचिव पौडेलले यस्तो धारणा राखे ।

बैठकमा प्रधानमन्त्री ओलीसहित सबै नेता सहभागी हुनुहुन्छ । गत भदौ २६ गतेको स्थायी कमिटीको निर्णय कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा सबै नेताको जोड रहे पनि सरकार र पार्टीबीचको दूरी बढेपछि विवाद बल्झिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *