काठमाडौं । प्रधानमन्त्री केपी ओली पार्टीको सचिवालय बैठकमा बस्न सहमत भएका छन् । मन्त्रिपरिषद् बैठक २ बजेलाई सार्नुले पनि ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका हुन् । यसको जानकारी प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका हुन् ।
थापाले केहीअघि सामाजिक सञ्जालमा पार्टी सचिवालय बैठक बालुवाटारमा १ बजे र मन्त्रिपरिषद् बैठक २ बजे बस्ने जानकारी दिएका छन् । बालुवाटारबाट यस्तो सूचना आउनुले आजको नेकपा सचिवालय बैठक बालुवाटारमा बस्ने र ओलीले आफ्नो धारणा सार्वजनिक गरिने बताइएको छ ।
आजको बैठकमा महासचिव विष्णु पौडेल र अर्का सदस्य रामबहादुर थापा बादल पनि सहभागी हुने भएपछि ओली नैतिक संकटमा परेका हुन् ।




