राजनीति

नेकपाभित्र गम्भीर संकटः प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास छिरेका छन् ।प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास छिरेका हुन् । नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

हिजो शुक्रबार सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रस्तावका बारेमा पार्टीको एमाले इतरबाट व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति निवास छिरेका हुन् ।

दाहालले बुझाएको राजनीतिक प्रस्तावको पूर्व एमालेहरुले सामाजिक सञ्जालमा धज्जी उडाएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले उक्त प्रस्ताव प्रचण्डले फिर्ता नलिए एमाओवादीसँगको एकता टुगिने आशयका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत दिएका छन । यता, लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता संकटमा परेको बताएका छन् । यता प्रधानमन्त्री ओलीका सञ्चार सल्लाहका सूर्य थापा अध्यक्ष दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत् गालीगलौजमा उत्रेका छन् ।

शनिवार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरूसँग यसबारे बालुवाटारमा छलफल गरेपछि राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास छिरेका हुन् । शितल निवासमा के खिचिडी पाक्छ त्यो नेकपाको माओवादी इतरलाई राम्रोसँग जानकारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *