राजनीति

सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसिरहेको छ ।

स्रोतका अनुसार आज (शनिबार) पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बहुमत सचिवालय सदस्य बालुवाटार जाँदैछन् ।

यसअघि शुक्रबर प्रचण्डले राखेको सचिवालय समितको अनौपचारिक बैठकले ओलीलाई शनिबार सामूहिक भेट गरेर औपचारिक बैठकको आग्रह गर्ने निर्णय गरेको थियो।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *