काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सम्पन्न भएको छ ।
शुकबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णयसहित बैठक समापन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।




