काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गतेका लागि बोलाएको केन्द्रीय समितिको बैठक २४ गतेका लागि सारेको छ ।बिहीबार कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले कात्तिक २४ गते बैठक बोलाउन सुझाव दिएको एक नेताले बताए ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरी कात्तिक २४ गते दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए ।




