काठमाडौँ- नेपाली काँग्रेस सुनसरी–काठमाडौँ सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिवमा सुवास भट्टराई कोषाध्यक्षमा मनोज नेपाली तथा सदस्यमा सिताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई, अदिता आचार्य, प्रा कुंजीलाल यादव र संजय खतिवडा चयन रहेका छन ।
कोरोना भाइरस सङ्क्रमण महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यका मापदण्ड अपनाएर गरिएको अधिवेशनपछि नवनिर्वाचित अध्यक्ष आचार्यले सुनसरीबाट काठमाडौँ आई बसोबास गर्ने दाजुभाइ तथा दिदीबहिनीका वर्तमान समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलाका संयोजक सुरज श्रेष्ठले काँग्रेसलाई बालियो बनाउन र सुनसरीबाट काठमाडौँ बसोबास गर्ने सबैसँग आवश्यक समन्वय गर्न समिति सहयोगसिद्ध हुने धारणा व्यक्त गरे ।




