आजको पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । कोरोना कहरकै बीच हिजोबाट भक्तपुरमा सुरु भएको विस्का जात्राको फोटो र समाचार सबै पत्रिकामा छ भने देशभर बढेको कोरोना संक्रमणबारे पनि सबै m प्रत्रिकाले चासो देखाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले विश्वभर पर्यटक ठप्पप्राय शिर्षकमा समाचार छापेको छ । कोरोना कहर र लकडाउनका कारण विश्वमा नै पर्यटकिय गतिविधि ठप्पप्राय छ ।
नेपालमा विदेश पर्यटकको संख्या न्यूनमात्रामा भित्रिएको छ भने आन्तरिक पर्यटकको भरमा धेरथोक भरथेग भइरहेको छ । त्यस्तै नर्वेकि प्रधानमन्त्रीले कोरोना सम्बन्धी नियम तोडेकोमा जरिवाना लगाइएको छ । १० जना भन्दा धेरै जम्मा हुन नपाउने सरकारी नियम पिरित उनले १३ जना आफन्तको बीचमा आफ्नो जन्मदिन मनाएकि थिइन् त्यो पनि राजधानी बाहिर गएर । त्यसवापत त्यर्हाको पुलिसले उनलाई २ लाख ८१ हजार नेपाली रुपैयाँ बराबरको जरिवाना गरियो ।
विस्केट जात्राको तस्वीर पहिलो पेजमा छापेको नागरिक दैनिकले ओली र महन्थको निकटताबारे समाचार लेखेको छ । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी ९जसपा० को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपा नेताहरु बताउँछन् । ठाकुरनिकट नेताहरु प्रधानमन्त्रीसँगको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन् ।
त्यस्तै नागरिकले एफएनसिसिआईको १० वर्षे भिजन: एक सय आठ अर्ब डलर लगानी गर्ने शिर्षकको आर्थिक समाचार पनि पहिलो पृष्ठमा छ । सरकारले नीतिगत सुधार गरी लगानीको उपयुक्त वातावरण बनाए आगामी १० वर्षमा एक सय आठ अर्ब डलर लगानी गर्ने घोषणा निजी क्षेत्रले गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले शनिबार १० वर्षे भिजन–पेपर सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
बहुमत खण्डित, प्रदेश सरकार पनि संकट शिर्षकको समाचारमा नागरिकले लेख्छ, सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन् । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भइ नेकपा बनेपछि उसैको नेतृत्वमा संघ र ६ वटा प्रदेशमा सरकार बनेका थिए । एकीकृत दुई पार्टी अलगअलग भइ बहुमत खण्डित भएपछि संघीय र प्रदेश सरकार दुवै अप्ठेरोमा परेका हुन् ।




