काठमाडौं । केपी शर्मा ओली को पित्तथैलीमा रहेको २२ एमएमको पत्थरी शल्यक्रियामार्फत सफलतापूर्वक निकालिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा गरिएको अपरेसनपछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिइएको छ।
शल्यक्रिया डा. पलस्वाँ जोशी लाखेको नेतृत्वमा सम्पन्न भएको हो। चिकित्सक टोलीले ठूलो आकारको पत्थरी सुरक्षित रूपमा निकालिएको जनाएको छ। ओली केही दिनदेखि स्वास्थ्य समस्याका कारण सोही अस्पतालमा उपचाररत थिए।यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीलाई चिकित्सकीय निगरानीमा राखेर उपचार गरिएको थियो। पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
राजनीतिक घटनाक्रमसँगै स्वास्थ्य उपचारको प्रक्रिया अघि बढिरहेका बेला गरिएको यो शल्यक्रियाले उनको स्वास्थ्य अवस्थाबारे चासो बढाएको थियो। अहिले भने उपचार सफल भएपछि उनी क्रमशः स्वास्थ्य लाभतर्फ उन्मुख रहेको बताइएको छ।




