देश

माइतीघरमा विद्यार्थीको व्यंग्यात्मक प्रदर्शन : सम्पत्ति देखियो, स्रोत खोइ?

काठमाडौं । माइतीघर मण्डलामा विद्यार्थीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन्। अखिल ९क्रान्तिकारी० को अगुवाइमा भएको प्रदर्शनमा पारदर्शिता र स्रोत खुलाउन माग गरिएको हो।

प्रधानमन्त्री बालेन्द्र शाह सहितका मन्त्रीहरूले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणपछि उत्पन्न शंकालाई लिएर विद्यार्थी सडकमा उत्रिएका हुन्। उनीहरूले सार्वजनिक विवरणमा सुन–चाँदीको उल्लेख भए पनि त्यसको स्रोत स्पष्ट नभएको भन्दै प्रश्न उठाएका छन्।

प्रदर्शनका क्रममा ‘गरिबको चमेली सुन दिने कोही छैन’, ‘मन्त्रीलाई सुन बहार, जनतालाई महँगी उपहार’, ‘सम्पत्ति देखियो, स्रोत कहाँ गयोरु’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो। यी नाराले सरकारप्रति बढ्दो अविश्वास र जनस्तरको असन्तुष्टि झल्काउने प्रयास गरेको देखिन्छ।

विशेषगरी ‘गरिबको चमेली सुन दिने कोही छैन’ भन्ने व्यंग्यात्मक नारा सामाजिक विभेद र सत्तासँगको दूरीप्रति संकेत गर्दै सरकारको निर्णयप्रति असन्तोष व्यक्त गर्ने माध्यम बनेको छ।

विद्यार्थीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु मात्र पर्याप्त नभई त्यसको स्रोत र वैधानिकता पनि स्पष्ट गर्नुपर्ने माग गरेका छन्। प्रदर्शनले सरकारको पारदर्शिता दाबीमाथि थप बहस सिर्जना गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *