देश

सभामुख अर्यालद्वारा पूर्वसभामुख घिमिरे र सापकोटासँग भेटवार्ता

काठमाडौँ । सभामुख डीपी अर्यालले पूर्वसभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । सोमबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवहरूको आदानप्रदान, सङ्घीय संसद्को प्रभावकारी सञ्चालन, विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *