देश

गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

दमौली (तनहुँ)। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर नाघेर आफ्नै लेनबाट जाँदै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेका अनुसार गाडीको ठक्करबाट घाइतेमध्ये एक जनाको पोखरास्थित गण्डकी मेडिकल कलेज र एक जनाको तनहुँ सेवा अस्पताल दुलेगौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

ढक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *