विश्व

इरानमा फसेका ३१२ जना भारतीय माझी स्वदेश फिर्ता : विदेश मन्त्री

इरानमा फसेका ३१२ जना भारतीय माझीहरूलाई इरानबाट आर्मेनिया हुँदै सुरक्षित रूपमा स्वदेश फिर्ता गरेको विदेश मन्त्री एस जयशंकरले शनिबार बताउनु भएको छ ।

उहाँले सुरक्षित निकासी सम्भव बनाउन सहजिकरण गरेकोमा आर्मेनियाली अधिकारीहरूलाई धन्यवाद दिनु भएको छ ।

सामाजिक सञ्जाल एक्स मार्फत जयशंकरले जानकारी सार्वजनिक गर्नु भएको हो ।

यसअघि अप्रिल–४ मा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले विदेश मन्त्रालय (एमइए) को कूटनीतिक प्रयास पछि आर्मेनिया हुँदै इरानबाट स्वदेश फर्के पछि चेन्नईमा भारतीय माझीहरूलाई स्वागत गर्नु भएको थियो ।

पत्रकारहरूसँग कुरा गर्दै पियुष गोयलले पश्चिम एसियामा चलिरहेको द्वन्द्वको बिचमा इरानमा फसेका माझीहरूका परिवारका लागि माझिहरुको फिर्ती खुशीको अवसर भएको बताउनु भएको छ ।

अप्रिल –२ मा, विदेश मन्त्रालयले एक हजार २०० भन्दा बढी भारतीय नागरिकहरूलाई इरानबाट सुरक्षित रूपमा स्थानान्त्रण गरिएको जनाइएको छ जसमध्ये ९९६ जनालाई आर्मेनिया सारिएकाहरुलाई विदेश मन्त्रालयले सहयोग गरिरहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *