देश

सम्पत्ति छानबिनका लागि तयार छु : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि हुने सबै छानबिका लागि तयार रहेको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आफ्नो कार्यकालमा भएका निर्णयहरू पारदर्शी रहेको र त्यसको सामना गर्न आफू डराउनु नपर्ने उनले बताए ।

‘मेरै पालामा निर्णय गरेको हो भनेर मैले धेरै चोटी भनिसकेँ । तपाईंहरुले बुझ्नु हुन्न कि के हो ? सम्पत्ति छानबिनका लागि म तयार छु,’ प्रचण्डले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *