देश

संविधान संशोधनका मुद्दा पहिचान गर्न कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ । संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बैठक बसेको हो।

बैठकमा विभिन्न विषयहरूमा छलफल गर्दै राजनीतिक दलहरूको लिखित धारणा संकलन गर्ने, संविधान संशोधनका प्रमुख मुद्दाहरू पहिचान गर्ने तथा कार्यदलको आगामी कार्ययोजना तय गर्ने काम भइरहेको छ। संयोजक साहका अनुसार संविधान संशोधन प्रक्रियालाई व्यापक र व्यवस्थित रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

उनले संविधान संशोधन राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने स्पष्ट पारे। साथै, नेपालको संविधानको धारा २७४ अनुसार सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताविरुद्ध हुने गरी कुनै पनि संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको उनले उल्लेख गरे।

निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने कार्यदलको तयारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *