देश

उदयपुर सिमेन्ट प्रकरण:नवलकिशोर साह १० लाख धरौटीमा रिहा

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा आरोपित पूर्वनिमित्त महाप्रबन्धक नवलकिशोर साहलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार विशेष अदालत काठमाडौंका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र उमेश कोइरालाको संयुक्त इजलासले साहलाई नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्ने निर्णय गरेको हो।

अदालतको आदेशअनुसार मुद्दाको अन्तिम टुंगो नलागेसम्म साहलाई नियमित उपस्थित गराउँदै अनुसन्धान तथा पूर्पक्ष प्रक्रिया अगाडि बढाइनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहमाथि उदयपुर सिमेन्ट उद्योगमा विभिन्न जिम्मेवारी सम्हाल्दा करिब ४६ करोड ५२ लाख रुपैयाँभन्दा बढी राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। सोही रकम बराबरको विगो दाबी पनि आयोगले गरेको छ।

उक्त प्रकरणमा अदालतले प्रारम्भिक सुनुवाइपछि धरौटीमा रिहा गर्ने आदेश दिएसँगै अब मुद्दाको थप सुनुवाइ प्रक्रिया जारी रहनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *