देश

उपसभामुख पदका उम्मेदवार ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन

काठमाडौँ । प्रतिपक्षमा रहेका तीन दलले प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गरेका छन् ।

सभाको आजको बैठकमा उपसभामुख पदका उम्मदेवारको प्रस्तावमाथिको छलफलमा नेपाली कांग्रेसका बासना थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मोहम्मद इस्तियाक राई र नेपाली कम्युनिष्ट पार्टी (नेकप) का रमेश मल्लले वर्तमान राजनीतिक प्रणालीको पक्षधर तथा मधेसी समुदायको उम्मेदवार भएकाले आफूहरूको समर्थन ठाकुरलाई हुने बताए ।

उनीहरूले निर्वाचित भएपछि उपसभामुख ठाकुरले तटस्थ, निष्पक्ष र सन्तुलित रूपमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ठाकुरका लागि समर्थन गरेकामा सबैलाई धन्यवाद दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *