देश

प्रधान सेनापतिबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदम बहादुर बुढा (पिएचडि) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

शुक्रबार जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति सिग्देलले बुढा र खत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ । कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दहरुको परिवारजनको उपस्थिति रहेको थियो ।

सरकारको चैत्र २२ गतेको निर्णय अनुसार बुढा र खत्रीलाई उपरथी दर्जामा पदोन्नति गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *