काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले आफुले क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्ने बताएका छन् ।
१३ दिनसम्म हिरासतमा बसेर विहिबार रिहा भएका लेखकले सामाजिक सञ्जालमा लेख्दै आफुले कानुन पालना गर्ने र न्यायमा विश्वास गर्ने उल्लेख गर्दै कानुनी र राजनितिक लडाई जारी रहने बताएका छन् ।
उनले भनेका छन्-
गत भाद्र २३ र २४गतेको घटनाका सन्दर्भमा गठित आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु ।
मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाईमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, अधिकारकर्मी, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू, शुभ चिन्तक साथीहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु ।
साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु। म क़ानून पालना गर्ने र न्यायमा विश्वास गर्दछु। बाकी कानुनी र राजनितीक लडाई जारी रहनेछ ।




