राजनीति

हिरासतपछि ओलीको प्रतिक्रिया – आरोप टिकेन, प्रमाण नपुग्दा मुक्त भएँ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १३ दिनको हिरासतपछि रिहा भएका छन्। अनुसन्धानका क्रममा पर्याप्त प्रमाण नपुगेपछि उनलाई हाजिरी जमानीमा छुटाइएको हो। रिहापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले आफूविरुद्ध लगाइएको आरोप पूर्वाग्रहपूर्ण रहेको बताएका छन्। उनले बिना ठोस आधार १३ दिनसम्म नियन्त्रणमा राखिएको दाबी गर्दै अन्ततः प्रमाण अभावकै कारण रिहा हुनुपरेको उल्लेख गरेका छन्।

तर, सर्वोच्च अदालतले भने उनको हिरासत प्रक्रिया कानुनी दायराभित्रै रहेको स्पष्ट पारेको छ। अदालतले अनुसन्धानका क्रममा म्याद थप गरी न्यायिक हिरासतमा राखिएको कार्यलाई गैरकानुनी भन्न नमिल्ने ठहर गरेको हो। जेनजी आन्दोलनसँग जोडिएको घटनामा संलग्नताको आरोपमा चैत १४ गते पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। स्वास्थ्य समस्या देखिएपछि उनी हालसम्म पनि सोही अस्पतालमा उपचाररत छन्।ओलीले आफ्नो स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सुधार नभएकाले केही दिन अस्पतालमै रहनुपर्ने जनाउँदै शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *