देश

सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । यही चैत २२ गते सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभा रहेको सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *