देश

श्रममन्त्री साहलाई हटाउने तयारी

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाउने भएका छन् ।

मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई हटाउने भएका हुन् ।

साहलाई मन्त्रीमा नियक्ति गरेपछि  उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुन: सक्रिय गराइएको विषय विवादित बनेका थिए ।

विवाद उठेपछि रास्वपामा पनि मन्त्री साह बारे प्रश्न उठेको छ । सभापति रवि लामिछानेले मन्त्री शाहको विषयमा प्रश्न उठेको भन्दै उनलाई जिम्मेवारीबाट अलग गर्न प्रधानमन्त्री बालेनलाई पत्र नै लेखिसकेको पाइएको छ । साथै सभापति लामिछानेले आफ्नो जिम्मेवारीमा गाम्भीर्यता नदिएको भन्दै स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत गराउन समेत पार्टीबाट प्रधानमन्त्रीलाई सिफारिस गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *