काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा भएका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार, अनुसन्धानका क्रममा आवश्यक परे उपस्थित हुने शर्तमा ओलीलाई हाजिरी जमानीमा उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएर रिहा गरिएको हो। पक्राउ परेदेखि ओली शिक्षण अस्पतालमा उपचाररत थिए।
त्यस्तै, प्रहरीले काँग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि आजै रिहा गर्ने जानकारी दिएको छ।




