देश

इभी गाडीमा पुरानै दर कायम हुने

काठमाडौं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेसँगै विद्युतीय सवारी ९इभी० को भाडाबारे अन्योल देखिएको छ। तर, यातायात व्यवस्था विभाग ले इभीमा भने नयाँ भाडादर लागू नहुने स्पष्ट पारेको छ। विभागले इन्धनको मूल्यसहित १३ वटा सूचकका आधारमा वैज्ञानिक भाडा समायोजन प्रणाली प्रयोग गरी नयाँ दर लागू गरेको जनाएको छ। सो निर्णयअनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीको भाडा बढाइएको हो।

हाल अन्तरप्रदेशमा सञ्चालन भइरहेका विद्युतीय सवारी—जसले काठमाडौंबाट धरान, विराटनगर, झापा लगायतका गन्तव्यमा सेवा दिँदै आएका छन्—उनीहरूले भने पुरानै भाडादर कायम राख्नुपर्ने विभागको निर्देशन छ। यसअघि इभीहरूले पेट्रोलियम सवारीसरह भाडा लिने गरेका थिए।

नयाँ निर्णयअनुसार यात्रुवाहक सवारीको भाडा १६।७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१।६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५।७५ प्रतिशतले बढाइएको छ। विभागका अनुसार संशोधित भाडादर दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रुटहरूमा तत्काल लागू गरिएको छ। साथै, सम्बन्धित रुटहरूको विस्तृत भाडा सूचीसमेत सार्वजनिक गरिसकिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *