काठमाडौँ ।प्रतिनिधिसभाकाे उपसभामुख पदको निर्वाचन शुक्रबार हुने भएकाे छ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबारका लागि ताेकेका हुन् ।
प्रतिनिधिसभाको बुधबारकाे बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाएका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपंक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गरिन् ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गरेका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको छ ।




