काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सरकारले सवारी भाडा समायोजन गरेको हो ।
वैज्ञानिक भाडा दर समायोजन व्यवस्था अनुसार यात्रुवाहक सवारीको भाडा साविकको दरमा १६.७१ प्रतिशतले बढाउने निर्णय भएको हो ।
यसैगरी मालवाह सवारीतर्फ पहाडी क्षेत्रका लागि २१.६८ प्रतिशतले भाडा वृद्धि भएको छ भने मालवाह तराई क्षेत्रका लागि साविकको भाडा दरमा १५.७५ प्रतिशतले वृद्धि गर्ने निर्णय भएको छ ।
मध्यपूर्वमा चर्किएको युद्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिसँगै मूल्यमा असर पर्दा नेपालमा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य बढेसँगै व्यवसायीहरू भाडा दर समायोजन गर्न सरकारलाई दबाब दिँदैआएका थिए । नयाँ भाडादर कार्यान्वयनमा आएसँगै सर्वसाधारणको दैनिक यात्रा र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्नेछ




