धनगढी । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्।
जिल्लाका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्री का अनुसार बुधबार दिउँसो भएको झडपमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम घाइते भएका हुन्। घाइतेहरू झडपमा संलग्न दुवै पक्षका रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेहरू लागुऔषध र चोरी मुद्दामा कैद सजाय भोगिरहेका बन्दी हुन्। उनीहरूको महाकाली प्रादेशिक अस्पताल मा उपचार भइरहेको छ।
झडपमा संलग्न समूहबीच यसअघि पनि विवाद र झडप हुँदै आएको प्रहरीले जनाएको छ।




