काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनियताको शपथ लिएका छन्।
सभापतिहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शपथ गराएका हुन्। मंगलबार सम्पन्न निर्वाचनअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन्।
राष्ट्रिय सभामा चार दलबीच सहमतिअनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली कांग्रेस तथा नेकपा र जसपा नेपालले एक–एक समितिको सभापति पाउने गरी नेतृत्व चयन गरिएको थियो।




