देश

वसन्तपुरमा वृद्धमाथि कुटपिट गर्ने पक्राउ

काठमाडौँ। सार्वजनिक स्थानमा एक बृद्ध मानिसलाई कुटपीट गरेको अभियोगमा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्ध देखिने मानिसलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोट बस्ने वर्ष ४४ को प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *