आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भए पछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताउनु भएको छ ।
गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफु निकै “स्तब्ध“ भएको बताउनु भएको छ । घटना पछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उहाँले पुष्टि गर्नु भएको छ ।
घटनाको सम्बन्धित अधिकारीहरूद्वारा अनुसन्धान भइरहेको उल्लेख गर्दै उहाँल जोखिमको बाबजुद गाजाका मानिसहरुको स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्रिय अधिकारीहरुको प्रसंसासोत गर्नु भएको छ ।
अल जजिराले गाजाको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सन् २०२३ अक्टोबर देखि गाजामा एक हजार ७०० भन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु भएको जनाएको छ ।
गाजा मेडिकल निकासीले गम्भीर बिरामी वा घाइते बिरामीहरूलाई गाजा पट्टीबाट जीवन बचाउने, विशेष उपचारका लागि स्थानान्तरण गर्ने समन्वित प्रक्रियालाई जनाउँछ ।
यस अघि, अल जजिराले मध्य गाजामा विस्थापित प्यालेस्टिनीहरूको विद्यालय तथा आवास नजिकै भएको इजरायली हवाई आक्रमणमा कम्तिमा १० जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको रिपोर्ट गरेको थियो ।




