देश

ट्रान्सफर्मर जडानका नाममा घुस लिँदै प्राधिकरणका इन्जिनियर रंगेहात पक्राउ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीबाट नगद लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरिदिने तथा लाइन उपलब्ध गराउने बहानामा उनले सेवाग्राहीसँग रकम माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट एक लाख ४० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका दासमाथि भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार घटनाबारे विस्तृत छानबिन जारी रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *