काठमाडौं । साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफा कम्पनीमा कार्यरत ५२ नेपाली श्रमिक गम्भीर समस्यामा परेका छन्। पाँचदेखि छ महिनासम्म तलब नपाएपछि उनीहरूले उद्धार र स्वदेश फिर्ताको माग गर्दै गुहार गरेका हुन्।
काठमाडौंको गौशालास्थित नेपाल लाइफ रिक्रुटमेन्टसहित विभिन्न म्यानपावर कम्पनीमार्फत करिब दुई वर्षअघि साउदी पुगेका ती श्रमिकहरू निर्माण क्षेत्रमा कार्यरत छन्। उनीहरूका अनुसार कम्पनीले लामो समयदेखि तलब रोकेको मात्र होइन, खाना, बस्न, पानी र आधारभूत सुविधा समेत बन्द गरेको छ।
पीडितहरूले ५० डिग्रीको चर्को गर्मीमा काम गर्नुपरे पनि ५–६ महिनादेखि तलब नपाएको उनीहरुकाे गुनासाे छ ।




