देश

कम्बोडियाबाट ७ नेपाली उद्धार, दूतावास र संघको सक्रियता

काठमाडौं । कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीलाई थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार र ८८गैरआवसीय नेपाली संघ (एनआरएनए)सँगको सहजीकरणमा सुरक्षित नेपाल फर्काएको छ। दूतावासका अनुसार उद्धार गरिएका नेपालीहरूलाई कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगी जस्ता गैरकानुनी काममा लगाइएको पाइएको छ।

दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधि नाघी बसिरहेको जानकारी प्राप्त भएको छ।”साथै, स्क्यामिङ केन्द्रमा काम लगाइएका व्यक्तिको राहदानी कम्पनीले जफत गर्ने वा राहदानी हराउने समस्या देखिएको पनि दूतावासले जनाएको छ। उद्धार प्रक्रिया अन्तर्गत, नेपाली दूतावासले बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी सुरक्षित नेपाल फर्काउन सहयोग गरेको छ।

दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको जानकारी पाएपछि उनीहरूको पहिचान गरी उद्धार गर्ने प्रयास जारी रहेको जनाएको छ। नेपाल सरकारले तोकेका मापदण्डअनुसार मात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गर्न सकिने भएकाले दूतावासले नेपाली नागरिकलाई वैधानिक मार्ग अपनाउन अनुरोध गरेको छ। यो कदमले विदेशमा गैरकानुनी काममा संलग्न हुने नेपालीहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासको सकारात्मक संकेतको रूपमा हेरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *