काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थप गरेको छ ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको थियो । बहस सकिएसँगै उनलाई थप ५ दिन हिरासतमा राख्ने निर्णय गरिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान जारी छ ।
यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनी बयान सकेर रिहा भएका छन् ।




