देश

दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्व ऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्कालाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राख्ने अनुमति दिएको हाे ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले खड्कामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको जानकारी दिए । यसअघि पनि जिल्ला अदालतले ७ दिनको म्याद दिइसकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *