देश

राष्ट्रिय सभामा महिला आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय महिला आयोगको आव २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।

राष्ट्रिय सभाको आईतवार बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन पेश गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार सो आयोगको प्रतिवेदन संघीय संसदमा पेश गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २३ गते दिउँसो १२ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *