देश

चार दिनमा २२६ जना प्रहरीको नियन्त्रणमा, कस्तो अभियोगमा परे पक्राउ ?

काठमाडौं । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहार र अन्य गैरकानुनी कार्यविरुद्ध सञ्चालन गरेको ‘विशेष खोजी’ अभियानमा चार दिनमा २२६ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चैत १८ देखि २१ गतेसम्म चलेको अभियानमा पक्राउ परेकाहरूको कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, पहिलो दिन काठमाडौं उपत्यकाबाट ५१, कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। दोस्रो दिन कोशीबाट १, मधेस प्रदेशबाट ७, बागमतीबाट २३, गण्डकीबाट २ र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएको थियो। तेस्रो दिन मधेस प्रदेशबाट ८, गण्डकीबाट १०, लुम्बिनीबाट ४ र सुदूरपश्चिम प्रदेशबाट २ जना पक्राउ परे। अन्तिम दिन काठमाडौं उपत्यकाबाट ६२ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरू गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुर्व्यवहार र सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू हुन्। अभियान अझै जारी रहने प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *