देश

शंकर ग्रुपका शुलभ अग्रवाल पनि पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल पनि पक्राउ परेका छन् । उनका बुबा शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार नै नियन्त्रणमा लिएको थियो । शुलभलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो । सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले भने शुलभ अहिले विभागमा उपस्थित भएको जनाएका छन् । स्रोतका अनुसार अहिले उनी सम्पत्ति शुद्धीकरण विभागमा रहेका छन् । उच्च स्रोतका अनुसार उनलाई शनिबार नै भैरहवाबाट पक्राउ गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *