देश

नवनिर्वाचित सभामुखलाई ज्येष्ठ सदस्य केसीको बधाई

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्विरोध निर्वाचित सभामुख डोलप्रसाद अर्याललाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गरेका छन् ।

बैठकमा उक्त पदका उम्मेदवारको सूचना दिने प्रस्तावक र समर्थकको मन्तव्यपछि बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य केसीले श्री अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे । प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते सोमबार अपराह्न १ :०० बजे हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *