देश

कांग्रेस नेतृत्व विवादबारे सर्वोच्चमा आज सुनुवाइ तय

काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। यो मुद्दा १२औँ नम्बरमा परेको छ।

यसअघि चैत १ मा पेसी चढेको भए पनि पालो नआएर सुनुवाइ सरेको थियो। त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए।

आज दुवै तर्फका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुनेछन्। उपसभापति विश्वप्रकाश शर्मा पनि बहसका लागि सर्वोच्च अदालत जाने कार्यक्रममा छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएपछि र निर्वाचन आयोगले त्यसलाई मान्यता दिएपछि, विपक्षमा रहेका खड्काले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *